Friday, December 18, 2015

सुनको मूल्य एकै दिन ७ सय रुपैयाँले सस्तियो, ४७ हजार ७ सयमा कारोबार

काठमाडौं, ३ पुस - साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा सातसय रुपैयाँले घटेको छ। 

छापावाल सुन आज प्रतितोला ४७ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनााएको छ। बिहीबार सुन प्रतितोला ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो भने सुनको मूल्य स्थिर थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको महासंघले जानकारी दिएको छ।

शुक्रबार तेजावी सुनको मूल्य भने ४७ हजार ४ सय ५० रुपैयाँ तय भएको छ। चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। हिजो ६ सय ७५ रुपैयाँमा किनबेच भएको चाँदी आज ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अमेरिकी केन्द्रीय बैंकले १० बर्षमा पहिलोपटक ब्याजदर बढाएपछि सुनको मूल्यमा गिरावट आएको हो। यसैको प्रभावका कारण सुनको मूल्य अझै घट्नसक्ने व्यवसायीहरु बताउँछन्।

No comments:

Post a Comment