Tuesday, December 22, 2015

यस्तो बन्यो रेखाले संगीत दिएको 'रामप्यारी'को गीत (भिडियो)

रेखा थापा निर्मित तथा अभिनित फिल्म ‘रामप्यारी’ को गीतको पहिलो भिडियो सार्वजनिक भएको छ । ‘अर्को जुनी’ बोलको यस गीतलाई रेखा स्वयंले संगीत भरेकी छिन् । 
किरण खनालले लेखेको यस गीतमा राजेश पायल राई र मनिषा पोखरेलको स्वर रहेको छ।
गीतको भिडियोमा रेखा थापा र सबिन श्रेष्ठले अभिनय गरेका छन् ।  रेखा र सबिनले यसअघि अन्दाज, रावण र हमेशामा जोडी बाँधिसकेका छन् ।
सविर श्रेष्ठको निर्देशनमा बनेको फिल्म चैत्र २६ मा रिलिज हुनेछ ।

No comments:

Post a Comment