Monday, December 14, 2015

सामाजिक संस्कारलाई चुनौती दिंदै सासूले बुहारीको कन्यादान गरेकी छन्।

तपाईलाई विश्वास लाग्छ, बुहारीका रुपमा घरमा भित्रिएकी महिलालाई कुनै सासूले कन्यादान दिएर पठाउन सक्छ ? तर गुल्मीमा एक परिवारले आफ्नी बुहारीलाई आफ्नै घरबाट कन्यादान दिएर पठाएका छन् ।
सदरमुकाम तम्घास ३ बाघमारे निवासी सासू लक्ष्मी र ससुरा ईश्वरी नेपालीले आफ्नो जेठा छोराको मृत्यु भएपछि विधिवा बनेकी २४ बर्षकी उषा नेपालीको धुर्कोट रजस्थल १ निवासी सुर्यबहादुर नेपालीका छोरा २८ बर्षका आशिषकुमार नेपालीसँग गरिदिएका हुन् । आशिष पनि विदुर हुन् । ‘
अहिलेसम्म बुहारी बनाए पाले, अब छोरीका रुपमा कन्यादान दिँदै छु, अब माइती सम्झेर आए छोरीका रुपमा सँधै स्वागत गर्छु,’ सासू लक्ष्मीले बुहारीको कन्यादान दिँदै भनिन् । यो सुनेर विवाहमा भेला भएका जन्ती र आफन्तजन सवै रोएको खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ ।  
 


हेर्नुहोस यो भिडियो


No comments:

Post a Comment