Wednesday, December 23, 2015

अर्काकी श्रीमतीसंग अवैध सम्वन्ध राखेपछि यसरी मारिए भण्डारी (भिडियो सहित)

श्रीमान विदेशीएका महिलासंग यौन सम्वन्ध राखेकै कारण अर्घाखाँची जिल्लाका एक पुरुषले ज्यान गुमाउनु परेको छ ।
श्रीमान रोजगारीको क्रममा विदेशमा रहेको समयमा महिलासंग पटक पटक यौन सम्बन्ध राख्दै आएको पुष्टी भएपछि अर्घाखाँची जिल्लाको खिल्जी गाविस वार्ड नं.४ दुरबाङ्ग बस्ने ४५ बर्षिय हेमराज भण्डारीको ज्यान गएको छ । 
आफु विदेशमा रहेको समयमा पटक पटक श्रीमती र भण्डारीविच अवैध सम्वन्ध रहेको पाएपछि घर आएका प्युठान जिल्ला दाङ्गवाङ्ग १ साजबोट बस्ने मनुकान्त मुखियाको छोरा २२ बर्षिय जगत बहादुर मुखियाले भण्डारीकै घरमा पुगेर हत्या गरेका हुन् । हेर्नुहोस् भिडियो सहित पत्रकार देवेन्द्र कुँवरले तयार पारेको यो 

तँपाई रक्सीको मातमा होस गुमाई नराम्रो काम त गर्दै हुनुहुन्न होस् गर्नुहोस् कहिलेकाँही रक्सीको झोंकमा होस गुमाएर आवेशमा आई काम गर्दा जिवन भर नै पछुताउनुपर्छ पर्ला । यस्तै नियतिको शिकार बन्नु परेको छ, प्युठान जिल्ला दाङ्गवाङ्ग १ साजबोट बस्ने मनुकान्त मुखियाको छोरा २२ बर्षिय जगत बहादुर मुखियालाई । उसको कमाउने उमेर अब जेलभित्र नै बित्नेछ । एकातिर छोराले कमाएर ल्याउँछ र जिवन निर्वाह गरौंला भनेर बसेका वुवा आमाको मन छोरा जेलमा बस्नु पर्दा कस्तो भयो होला ? अर्कोतिर धन कमाएर श्रीमतीलाई अनि वुवा आमालाई खुसी पार्छु भनेर विदेसिएको एउटा युवा श्रीमति अर्कै सँग सल्केको थाहा पाउँदा कस्तो हुन्छ उसको मन ? अनि के सोच्छ होला त्यो मन ? आफ्नी श्रीमति अर्कैसँग सल्केको थाहा पाएपछि जगत बहादुर मुखियाले श्रीमति र श्रीमतिसँग सल्केको मान्छेलाई सम्झाउने योजनाले गाँउ आएका उनी घटनाले उल्टोरुप लिएपछि पुस ५ गते देखि जेलको चिसो बस्न बाध्य भएकाछन् । अर्घाखाँची जिल्ला खिल्जी गाविस वार्ड नं.४ दुरबाङ्ग बस्ने ४५ बर्षिय हेमराज भण्डारीलाई जगत बहादुर मुखियाले रक्सीको झोंकमा आवेशमा आई हत्या गरेपश्चात उनी जेलको चिसोमा बस्न बाध्य भएका हुन् । उनले भण्डारीको हत्या गरेको प्रहरी सामु स्विकार गरेका छन् । विवाह गरेर राम्रो घरजम बसाउने योजना सहित मुखियाले डेढ बर्ष अघि हिमा कुमालसँग विवाह गरे । तत्पश्चात उनी रोजगारीको लागी भारत पसे । भारतमा लेवर काम गर्दै आईरेहका उनी श्रीमति अर्कैसँग सल्केको हल्ला थाहा पाएपछि दशैमा घरमा आए र घर आएको केहि समयपछि बुटवल गएर मंसिरको पहिलो हप्ता पुनः घर आएका थिए । गाँउमा पनि श्रीमति र हेमराजको बारेमा कुरा सुनेपछि उनलाई असह्रय भयो । उनलाई् हेमराज भण्डारीसँग आफ्नी श्रीमति बोल्ने र सगै काम गर्ने गरेको मन परेको थिएन, जसको कारण जगतले १÷२ पटक श्रीमतिलाई सम्झाएको बताए । उनले हेमराज भण्डारीलाई पनि सम्झाउने योजना बनाई भण्डारीको घर खोज्न लागे । मुखियाले पुस ४ गते सम्झाउन भनी भण्डारीको घर पत्ता लगाउन दुरवाङ्ग गएर स्थानिय महिलासँग सोध–खोज गरि दिउँसो मात्र घर पत्ता लगाए, तर उनको हेमराजसँग साँझपख मात्र भेट भयो । सोधखोज र चिनजान गरि दुवै जना भएर होटलबाट रक्सी ल्याई बारीमा बसी दुवै जनाले रक्सी पिएकोे मुखियाले बताए । सोही क्रममा कुराकानीहरु भइरहेका थिए । कुराकानीहरु गर्ने क्रममा हेमराजले मैले तेरी श्रीमतिलाई मन पराउँछु बरु तँलाई पैसा दिन्छु श्रीमति मलाई दे भने जसको कारण मुखियालाई रिस उठ्यो । उसले २ मुक्का हानेर ढलाई घाँटीमा रहेको चुन्नीले घाँटी कसिदियो र मुखिया हिड्यो । यता ५ गते विहान ८ बजे भण्डारी मरेको खवर स्थानियले प्रहरी चौकी खिल्जीमा गरे उक्त घटनाको बारेमा खिल्जी चौकीले ९ बजे जिल्ला प्रहरी कार्यालयमा खवर गरे पश्चात प्रहरी नायब उपरिक्षक कमल प्रसाद खरेल र प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोसीको कमाण्डमा खटिएको २ वटा टोली थप अनुसन्धानको लागि घटनास्थलमा गयो । घटनास्थल पुगी लास जाँच गर्दा भण्डारीको आफ्नै घरमा सुत्ने विस्तारामा बञ्चरोले हानेर मारेको नभई सल कपडाले कसेर नाक र निधारमा हानेर मारेको पुष्टी भए लगतै हत्यामा संग्लन मुखियालाई खोज्ने काम सुरु गरियो । मुखिया भागेर जान सक्ने अनुमान लगाई खोजतलास सुरु गरि निज मुखियाकी जेठी दिदि कमला मुखियाको असुरकोट–७ बुधनमारेमा रहेको घर गएको हुनसक्ने अनुमान लगाई उक्त स्थानमा जाँदा दिदिको घरमा लुिकछिपि बसेको अवस्थामा फेला पारि प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयले ६ गते ११ बजे पत्रकार भेटघाट गरि हत्यारा मुखियालाई सार्वजानीक गरेको छ । घटनाको अझै अनुसन्धान भईरहेको प्रहरी कार्यालयले बताएको छ । पत्रकार सम्मेलनमा हत्या स्विकारर्दै मुुखियाले भने–“भारतमा रहदा नै श्रीमति र हेमराज विच गलत सम्बन्ध रहेको भन्ने थाहा पाएको थिँए र म उसलाई सम्झाउनु प¥यो भनेर दशै तिर गाँउ आए । म घर खोज्दै गए । सोधखोज गरेर घर पत्ता लगाए । चिनजान भएपछि साझ पख करिब ४÷५ माना रक्सी दुवै जनाले मिलेर पियौं । साँझ पर्न थालिसकेको थियो । हामी कुराकानी गर्दै थियौं उसले भन्न थाल्यो–“तेरी श्रीमति मलाई दे म तँलाई पैसा दिन्छु उसले त्यसो भने पछि मलाई रिस उठ्यो मैले २÷३ मुक्का हाने र उसको घाँटीमा एउटा चुन्नी जस्तो थियो त्यसैले घाँटि थिचिदिए, ऊ ढलेको थियो मैले सोँचे रक्सीले ढलेको छ । अनि म त्यहाँबाट घर जान हिँडे र अर्को दिन विहान बहिनीलाई त्यसको घर केहि समान ल्याउने निउँले पठाएँ । बहिनीले ऊ मरेको खबर ल्याई तर म भण्डारीलाई मार्नको लागि होईन सम्झाउन गएको थिँए यस्तो भयो ।” हत्या पश्चात भागेका मुखियालाई मृतकको जेठी श्रीमति सिता भण्डारीले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ । मृतक हेमराजले २ वटा विवाह गरेको र कान्छी श्रीमति ४ महिना अगााडि नावालक २ छोरा २ छोरीलाई छोडेर पोईल गएकी र जेठी पनि सँगै नभएकोले यस्तो गरेको हुन सक्ने सामन्य अनुमान गरिएको छ ।

No comments:

Post a Comment