Tuesday, February 16, 2016

यौन जीवनलाई रोमाञ्चक बनाउन ध्यान दिनु पर्ने १० तरीकाहरु

सेक्स मानव जीवनको अभिन्न अंग हो। गाँस बास कपास जस्तै सेक्स पनि मानिसको आधारभुत आवश्यकता मध्येमा पर्दछ। वास्तवमा मानिस के कति खुशी र फ्रेस रहने भन्ने कुरा उसको सेक्स जीवनमा भर पर्दछ। तसर्थ आफ्नो सेक्स लाइफ रोमान्चक बनाउनका लागि निम्न टिप्सहरुमा ध्यान दिनुस्

१.सदैव आफुलाई तनावमुक्त राख्नुहोस् : मानिसको सेक्स लाइफ लाइ असर पार्ने चिज मध्ये तनाव एक हो। तसर्थ आफुलाइ सदैव तनाव मुक्त पार्ने कोशिष गर्नुहोस। तनाव र थकान बाट मुक्तहुने धेरै ने उपायहरु छन्। जस्तै तपाई आफुुलाई मनपर्ने फिल्म हेर्न सक्नुहुन्छ,अथवा योग, ध्यानगर्दा पनि तनावमुक्त भइन्छ। २. आफ्नो पार्टनरसँग टाढा नरहनोस,पार्टनरलाई अंगालो मार्नुहोस : यसरी अंगालोमार्दा स्किन टु स्किन कनेक्सन हुन्छ जसले तपाईको एक्सोटिन लेवल लाई बढाउछ । यसले तपाई आफुलाई आनन्द महसुस गर्न सक्नुहुन्छ । र आफ्नो पार्टनरसँग अरु नजिक हुन मद्दत मिल्छ। ३.पार्टनरसँग रोमान्टिक कुरा गरेर सम्वन्धमा ताजगी ल्याउनुहोस : जहिले पनि तपाई मौका पाउनुहुन्छ आफ्नो पार्टनरलाई फोन गर्नुहोस र रोमान्टिक कुरा गर्नुहोस । रोमान्टिक नभए तपाई आफ्नो शुरुवाती रिलेसनको बारेमा कुरागर्नुहोस। ४. पेटभरी खाना नखानुहोस : स्वास्थ्यका दृष्टिकोणले पनि धेरै खानाखानु राम्रो मानिदैन त्यसैले यसले तपाईको यौन जीवनमा पनि धेरैनै प्रभाव पार्छ । थोरै खाना खानुले तपाईलाई झनबढि फुर्तिलो महशुस गराउछ। ५. जानीजानी कानेखुशी गर्नुहोस् : बच्चामा तपाईले पनि यो खेल धेरै नै खेल्नुभयो होला, अब आफ्नो पार्टनरसँग खेल्नुहोस । उसँग कानमा केहि सिडक्टिव कुरा गर्नुहोस्। ६. कोठालाई आकर्षक रुपमा सजाउनुहोस : कोठालाई सजाएर रोमान्टिक म्युजिक बजाउनुस, कोठाको बल्बलाई थोरै डिम बनाउनुस, आफ्नो पार्टनरलाई मसाज गर्नुस यसो गर्दा दिनभरीको थकान र तनाव कम भएर तपाईको यौन जीवनमा सुधार हुनसक्छ। ७.कहिलेकाँही सँगै बाथ लिनुस : सेक्स लाइफ बढाउनको लागि यो पनि एउटा महत्वपुर्ण तरिका हो। बाथरुममा राम्रो परफ्यूम स्प्रे गर्नुस र सँगै नुहानुस्। ८. पार्टनरलाई प्रेम स्पर्श दिनुहोस : सबैभन्दा महत्वपुर्ण तरिका भनको प्रेम स्पर्श हो। पार्टनरको मुड मेकअप गर्न कानको पछाडी र आखाँमा किस गर्नुुस। ९.रोमाञ्चक तरिकाले रोल प्ले गर्नुहोस् : आफ्नो पार्टनरसँग एउटा रोमान्टिक कहानी बनाउनुस र बेडरुममा उक्त रोल प्ले गर्नुस। अथवा तपाईलाई मनपर्ने कुनै अन्य रोल पनि प्ले गर्नसक्नुहून्छ । पार्टनर सँग नजिक आउने यो एउटा क्रिएटिभ तरिका हो। १०.यौवनकालका साथीहरु सँग भेट्नुस : यौवनकालका साथीहरुसँग भेट्दा तपाई एकपटक आफुलाई जवान अनुभव गर्न सक्नुहुन्छ । जसले तपाईको धरासायी यौन जीवन पुर्नआगमन हुनसक्छ।

No comments:

Post a Comment