Monday, March 7, 2016

पूर्व राजा ज्ञानेन्द्र पशुपतिमा, माहोल हेर्दा लाग्छ देशमा अझै राजतन्त्र कायम छ (भिडियो सहित)

पूर्व राजा ज्ञानेन्द्र पशुपतिमा, माहोल हेर्दा लाग्छ देशमा अझै राजतन्त्र कायम छ (भिडियो सहित) 
काठमाडौं, फागुन २४ । सोमबार साँझको पशुपतिनाथ मन्दिर परिषरको माहोल हेर्दा लाग्थ्यो देशमा राजतन्त्र अझै कायम छ । राजतन्त्र अन्त्य भएको एक दशक बितिसक्दा पनि राजाको पक्षमा देखिएको एउटा ठूलो झुण्डले पाशुपत क्षेत्रको पवित्र भुमीमा भनीरहेको थियो राजा आऊ देश बचाऊ’ ।
शिवरात्रिका अवसरमा सोमबार साँझ पूर्वराजा ज्ञानेन्द्र शाह पशुपतिनाथमा पुग्दा उनका समर्थकहरुले बोलेका केही वाणीहरु हुन् यि ।
पूर्वराजा शाहले करिब १० मिनेट पशुपतिको दर्शन गरेर निस्कँदा कैयौँ समर्थकहरुले घेरेर नाराबाजी गरेका हुन् । जहाँ बाजागाजा सहितको जम्बो टोली नै उनको स्वागत र पुरानै शैलीमा जयजयकारमा उत्रिएको देख्न सकिन्थ्यो । सर्मथकहरुले करिब २० मिनेटसम्म नाराबाजी गरिरहँदा प्रहरीलाई सुरक्षाव्यवस्था मिलाउन हम्मे हम्मे परेको थियो ।

No comments:

Post a Comment