Monday, April 4, 2016

पुरुषहरुलाई कण्डमको विकल्पका गर्भनिरोधक सुई, एक पटक लगाएपछि एक वर्ष ढुक्क


एजेन्सी । असुरक्षित यौनसम्पर्कबाट रहनसक्ने गर्भ रोक्न आकस्मिक गर्भनिरोधक औषधि सेवन र सुइ महिलाहरुले मात्र प्रयोग गर्दे आएका थिए । महिलाका लागि अस्थाई गर्भनिरोधका अनेक विधि छन् । सुइ देखि लिएर, पिल्स अनि पाठेघर तथा पाखुरामा राख्नेसम्मका उपकरण र कण्डम पनि । तर अब पुरुषहरुको लागि पनि गर्भनिरोधकका लागि कण्डम बाहेक अहिले सम्म केही थिएन तर अब पुरुषहरुलाई कण्डमको विकल्पका रुपमा नयाँ गभनिरोधक सुरुको निमार्ण भएको छ । वैज्ञानिकहरुले पुरुषका लागि पनि महिलाको तिन महिने संगिनी सुइ जस्तै पुरुषको लागि १ वर्षको अस्थाइ गर्भनिरोधक सुइको आविष्कार गरेका छन् । यो सुइ एक पटक लगाएपछि कण्डम नलगाइकन एक वर्षसम्म ढुक्क सँग सहवास गर्न सकिनेछ र त्यस्तो सुइ लगाएको पुरुषसँग एक वर्षभित्रमा सहवास गर्ने महिलामा गर्भ नरहने बैज्ञानिकको दाबी रहेको छ । अमेरिकाको पारसेमन फाउण्डेसनका वैज्ञानिकहरुले यस्तो पुरुष गर्भनिरोधक सुइको निमार्ण गरेका हुन । वैज्ञानिकहरुले सुरुमा खरायोमा यो सुइको परीक्षण गर्दा त्यसले सकारात्मक नतिजा दिएको र त्यस्तो सुइ लगाएको भाले खरायोले एक वर्षसम्म पोथीलाई गर्भिणी बनाउन नसकेको पाइएको थियो । अमेरिकाको इलिनोइस विश्वविद्यालयका प्राध्यापक डोनाल्ड वाल्लरले खरायोमा गरिएको परीक्षणका क्रममा प्राप्त नतिजा आशा गरिएको भन्दा उत्कृष्ट रहेको बताएका छन् खरायोमा प्रयोग भएको यो सुइलाई परिस्कृत गरी मानिसका लागि गर्भनिरोधक सुइको रुपमा समेत प्रयोग गर्न सकिने विश्वास शोधकर्ताहरुको छ । वैज्ञानिकहरुले उक्त पुरुष गर्भनरोधक खोपलाई भेसल जेलको नाम दिएका छन् । अब छिटै मानिसमा यसको परीक्षण सुरु गर्ने उनीहरुको भनाइ छ ।

No comments:

Post a Comment