Wednesday, December 9, 2015

भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता : प्रम ओली

मंसिर २३ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको नीतिलाई व्यवहारमा लागु गर्नु आजको प्रमुखदायित्व रहेको बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई निर्मुल पार्न भ्रष्टाचार रोकथामका निरोधात्मक, दण्डात्मक एवं प्रवद्र्धनात्मक सवै उपायहरु अवलम्बन गरिने बताए । प्रम ओलीले भ्रष्टाचार सुशासन, कानूनी राज्यतथा राष्ट्र विकासको मुख्य चुनौतिको रुपमा रहेको बताउँदै भनेका छन्, ‘ भ्रष्टाचार विरुद्धको राष्ट्रिय प्रतिवद्धता र अभियानलाई अझ बढी सशक्त ढंगले अघि बढाउन यस सम्बन्धमा देखिएका कमी कमजोरीलाई हटाइ आवश्यक सबै व्यवस्था गर्दै जाने उद्देश्यका साथ आफ्ना समग्र क्रियाकलापहरुलाई सञ्चालितगर्न नेपाल सरकार प्रतिवद्ध र क्रियाशील छ ।’
प्रम ओलीले भ्रष्टाचार विरुद्ध सबै क्षेत्र, नागरिक समाज, गैर सरकारी निकायहरु, विकासमा साझेदारहरु एवं राजनीतिक दल लगायत समाजका सबै वर्गले हातेमालो गर्नुपर्ने बताएका छन् । उनले भ्रष्टाचारको रोकथाम र नियन्त्रणको क्षेत्रमा सक्रियतापूर्वक क्रियाशिल रहेका सबैलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

No comments:

Post a Comment