Saturday, December 12, 2015

बेहुलीले लिएको परिक्षामा बेहुलो फेल भएपछी बिहे नै रद्द

भारतको उत्तरप्रदेशस्थित मैनपुरीकोमा हुदै गरेको बिवाह पनि रोकिएको छ । आइक्यु टेष्टमा हुनेवाला बेहुलो फेल भएको भन्दै बेहुलीले विवाह मण्डपबाटै बिहे भंग भएको घोषणा गर


बेहुलीको नाम खुसबु सक्सेना र बेहुलाको नाम ओमविर सिंह हो । ओमविरले स्नातक पास गरेको बताइएको थियो । सोमबार बिहे समारोह चलिरहेको थियो । ओमविरले बिहेको जग्गेमा पण्डितले भन्न लगाएका मन्त्रहरु पनि राम्ररी पढ्न नसकेपछि बेहुली खुसबुलाई शंका लाग्यो ।
ओमविरले मन्त्र राम्रोसँग भन्न नजानेको भनेर खुसबुलाई उनीहरुले साथीहरुले पनि सुनाएका थिए । त्यसपछि खुसबुले हुनेवाला दुलाहाको गणितको आइक्यु परीक्षा लिने निधो गरिन् । उनले विहे मण्डपमै परीक्षा सुरु गरिन् ।
उनले ओमविरलाई मोबाइलमा आफ्नो नम्बर डायल गर्न भनिन्, तर ओमविरले मोबाइल नम्बर पूरै सम्भिmनै सकेनन् । साथै उनले ६९ र ७९ बीच कतिको अन्तर हुन्छ ? भन्ने प्रश्नको जवाफ पनि दिन सकेनन् ।
वास्तवमा खुसबुले आफ्नो हुनेवाल लोग्ने निकै लोद्दर भएको भेउ पाएपछि ओमविरका बाउ तथा भाइसँग एउटा सर्त राखिन् मण्डपमै । आफुले एउटा परीक्षा लिने र त्यसमा पास भएमात्र ओमविरसँग बिहे गर्ने । उनले ओमविरलाई केही सिक्का दिएर त्यसको संख्या जोड्न पनि लगाइन् । त्यसमा पनि ओमविर पास हुन सकेनन् ।
ओमविरलाई एउटा टचस्क्रिन फोन दिएर त्यसलाई प्रयोग गर्न लगाउँदा पनि ओमविरले सकेनन् । फोनको एप्स देखेरै ओमविर अलमलमा परे । त्यसपछि खुसबुले दह्रो मन गरेर ओमविर सँग बिहे नगर्ने फैसला गरिन् ।

No comments:

Post a Comment