
'२० करोड आरएमबीमा प्रभु र डीजीडटकमबीच कम्पनी खरिदबिक्री प्रक्रिया अगाडि बढेको छ', समाचारमा भनिएको छ। नेपाली विनियमदर अनुसार यसको मूल्य ५० करोड रुपैयाँ हुन्छ।मलेसियामा रहेको रेमिटेन्स कम्पनी आईएमई मलेसियालाई रिया मनी ट्रान्सफरलाई बिक्री गरेको थियो। यद्यपि, आइएमईले मलेसियामा रहेको आफ्नो कम्पनी र रियाबीच मर्जर सम्झौता भएको विज्ञप्तिमार्फत जनाएको थियो। नेपालमा रेमिटेन्स भित्र्याउने कम्पनीमा आईएमई पहिलो नम्बरको कम्पनी हो भने प्रभु मनी ट्रान्सफर दोस्रो नम्बरको कम्पनी हो। २० करोड आरएमबीमा कारोबार गर्ने सम्झौता भएको छ। दुवै कम्पनीबीच बैंकिङदेखि हरेक कारोबारमा कर्पोरेट प्रतिस्पर्धा देखिन्छ।प्रभु मनिट्रान्सफर मलेसियाको अध्यक्षमा देवी भट्टचन रहेका छन्। कम्पनी वेवसाइटमा दिएको जानकारी अनुसार अन्य सञ्चालकमा सुजाता शाक्य कार्यकारी निर्देशक छन्। डाटो सुङ क्वाङ चुन व्यवसायिक सञ्चालकको रूपमा रहेका छन्। प्रमुख कार्यकारी अधिकृतमा डाटिन अजम अदम करिम रहेकी छन्।मलेसियामा पछिल्लो समय रेमिटेन्सको कारोबार सम्बन्धी नीतिमा परिवर्तन भएको कारण आईएमई र प्रभु बाहिरिएको हुन सक्ने टिप्पणी एक रेमिट कम्पनीका प्रमुखको छ। ‘मलेसियाबाट आउने रेमिटेन्स कारोबारमा दुवै कम्पनीको अधिपत्य थियो’,ती अधिकारीले भने,‘ मलेसियाको व्यवसायमा प्रतिफल कम आउने कारणबाट त्यहाँबाट बाहिरिएको हुनसक्छ।' रेमिटेन्स र बैंकिङ क्षेत्रमा केन्द्रीय रहेको प्रभु ग्रुप पछिल्लो समय नेपालमा अन्य व्यवसायिक क्षेत्रमा समेत हात हालेको छ। गतवर्ष किष्ट बैंकलाई लिएर प्रभु बैंक सञ्चालन गरेको छ भने ग्रान्ड बैंक पनि लिने तयारीमा प्रभु रहेको छ। यस्तै बिमा क्षेत्रको एलाइन्स इन्सुरेन्सको पनि बहुमत सेयर खरिद गरेर प्रभुले गतवर्षदेखि प्रभु इन्सुरेन्सको नामबाट कारोबार गर्दै आएको छ। यो वर्षदेखि प्रभु ग्रुपले हवाई क्षेत्रमा समेत प्रवेश गरेको छ। पछिल्लो एकवर्षदेखि मलेसियाको रिंगिटको मूल्य ओरालो लाग्दै गएको छ। यसका कारण मलेसियाबाट आउने रेमिटेन्स घट्दै गएको छ।
No comments:
Post a Comment