काठमाडौं : इङ्ल्यान्डको चर्चित फुटबल क्लब म्यानचेस्टर युनाइटेड जारी सिजनको च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।
समूहको बी अन्तर्गतको अन्तिम खेलमा म्यान युनाइटेड जर्मन क्लब उल्फस्वर्गसँग ३-२ गोलअन्तरले पराजित भएपछि समूह चरणबाटै घर फर्केको हो ।
म्यानचेस्टर युनाइटेडलाई पराजित गरेपछि उल्फस्वर्ग भने अन्तिम १६ मा पुग्न सफल भएको छ ।
म्यान युनाइटेडलार्इ स्तब्ध बनाउने क्रममा उल्फस्बर्गका लागि नाल्डोले पहिलो र दोस्रो हाफमा १–१ गोल गरे । अर्को गोल भिएरिन्हाको नाममा रह्ययो म्यान युनाइटेडका लागि एन्थोनी मार्टियलले एकमात्र सान्तवना गोल गरे । अर्को गोल भने उल्फस्वर्गका गुइलियाभोगुइको नाममा रह्ययो ।
यो समूहबाट नेदरल्यान्डस्को पिएसभीले रुसको सिएसकेए मस्कोलार्इ २-१ ले हराउँदै अन्तिम १६ मा पुगेको छ ।
यो समुहबाट १२ अंक जोडेको उल्फवर्ग शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुग्यो भने १० अंक जोडेको पिएसभी दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुग्यो ।
८ अंकका साथ तेस्रो स्थानमा रहेको म्यान युनाइटेडले भने अब युरोपा लिग खेल्नेछ ।
No comments:
Post a Comment