Wednesday, March 16, 2016

आकस्मिक गर्भनिरोधक चक्कीलाई मकैभटमासझैं प्रयोग गर्ने शहरी युवतीहरुको संख्या बढ्दो - MAIN NEWS

स्वास्थ्यका बारेमा भएको अपुरो ज्ञानले महिलामा विभिन्न समस्या आइरहेका छन् । विशेष गरी आकस्मिक गर्भनिरोधक चक्की र गर्भपतनसम्बन्धी बुझाइ अपुरो देखिन्छ । असुरक्षित यौन सम्पर्क गरेको ७२ घन्टाभित्र ‘इमर्जेन्सी पिल’ खाएमा गर्भ बस्दैन भन्ने आम मान्यता छ । यस्ता पिल्स जथाभावी सेवन गर्दा महिलाको रजस्वला गडबड हुनुका साथै प्रजनन क्षमता नै कमजोर हुन सक्छ । आकस्मिक गर्भनिरोधक चक्कीलाई मकै–भटमासजस्तो साधारण ठानेर प्रयोग गर्ने डरलाग्दो ‘ट्रेन्ड’ बढेको र यसले बाँझो पन र स्त्री रोगीको संख्या बढेको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।

No comments:

Post a Comment