दमासकस: सिरियाको मध्य सहर होम्समा रहेका विद्रोहीहरुलाई बुधबारबाट त्यहाँबाट हटाउन थालिएको जनाइएको छ ।
विद्रोहीको बलियो प्रभाव रहेको होम्स सहरबाट सरकारसँग भएको सम्झौता अनुसार ती विद्रोहीहरुलाई अन्यत्रै सार्न थालिएको हो ।
सो कार्य संयुक्त राष्ट्र संङ्घको निरीक्षणमा सुरु भएको बताइएको छ । संयुक्त राष्ट्र सङ्घको प्रतिनिधिहरुको पनि पश्चिमी होम्सको छिमेकमा पर्ने अल वएरबाट १४ वटा बसर एम्बुलेन्सहरु प्रवेश गरेको बताइएको छ ।
होम्स सिरियाको तेस्रो ठूलो सहर हो । सो सहरबाट विद्रोहीलाई अन्यत्रै सार्ने सहमति यसअघि संयुक्त राष्ट्रसंघ, सिरियाली सरकार र विद्रोहीबीच भएको थियो ।
उनीहरुलाई आज राष्ट्रसङ्घीय सुपरीवेक्षकहरुको रोहबरमा बस र एम्बुलेन्सहरुमा विद्रोहीको परिवारसहित पहिलो खेप होम्सबाट अन्यत्रै लगिएको बताइएको छ ।
No comments:
Post a Comment